यो समीक्षा भन्दा पनि पाठकिय भावना हो। पहेँलपुर पढेर सकाएँ तर मनबाट सकिएको छैन। एउटै किताबमा यति धेरै पात्र राख्दा पनि लोभलाग्दो गरि जोडिएका छन एकअर्कामा । हरेक पात्रको आफ्नै भुमिका झल्किएको छ। कुनै मसालेदार अझैँ भनौं लार्जर देन लाइफ वाला चलचित्र भन्दा कम छैन यो। बरु चलचित्रमा गित वा प्रेमप्रसंग बिचमा घुसाइन्छ। तर यो पुस्तकमा अहँ ! कतैबाट पनि केही बलजफती राखेको महसुस हुँदैन। लेखकको मेहनत र लगन छर्लङ्ग देख्न पाइन्छ पहेँलपुरमा। कैयौं दिनसम्म नाचिरहन्छन पात्रहरु आलोक, सेवक बाजे, तृष्णा, बडासाहेब वा मीत छोरा इत्यादी। पाठकहरुलाई दया, माया, रिस, आवेग वा घृणा जागिरहन्छ पात्रहरु प्रती। उपान्यासमा कलात्मक विम्वको प्रयोग होस वा विभिन्न समसामयिक समाजका प्रतिछायाँ। राजनिती , मायाप्रेम, जालझेल, समाजका कुरितीहरु अनि मानिसका सबै प्रकारका समवेदना सूक्ष्म तवरले केलाइएका छन। समग्रमा पहेँलपुरको यात्रा गजबको भयो पढुन्जेल। लेखकको मेहनतलाई सम्मान स्वरुप होस या राम्रो खुराकको लागि नेपाली साहित्यमा रुचि भएकाले एकपटक पढ्नैपर्ने कृतिको रुपमा लिएको छुँ। लेखकलाई हार्दिक नमन अनि शुभकामना आगामी दिनका लागि। साथै बुलबुल प्रकाशनलाइ पनि धन्यवाद हामी सामु पुर्याउनु भएकोमा।