Arhart-Nepali Expert
Rate this book:
 
         

Arhart [अर्हत्]

by Shailendra Adhikari
Rating:
0.0 of 5
Be first to review
Arhart [अर्हत्] is a book written by Shailendra Adhikari.

शैलेन्द्र अधिकारीले आफ्नो चाहनाअनुरूप भगवान बुद्धको जीवनीसँग सम्बन्धित विषय लिएर अर्हत् उपन्यास लेख्नुभएको छ । यो कार्य मेरा लागि मात्र नभएर समग्र साहित्य र संस्कृति प्रेमीहरूका लागि खुशीको कुरा हो । आगामी दिनमा पनि उहाँबाट यस्ता किताब लेखियुन् र पाठकहरू लाभान्वित हुन पाइरहुन् । शुभकामना व्यक्त गर्दछु ।
-सङ्घनायक भिक्षु बोधिसेन महास्थविर

संशयको उच्छेदनपूर्वक सम्यक् ज्ञानको उदयको महायात्रा हो अर्हत् । वैयक्तिक, सामाजिक, आर्थिक, दुःखहरूको माझमा भयावह दुःख हो भ्रम | भ्रमलाई चिर्न त्यही विषयमित्र छिर्नुपर्छ र त्यसलाई जान्नुपर्छ । जब मानिस भ्रमको कुहिरोबाट सत्याकासमा उद्गमन गर्छ अनि बन्छ अर्हत् । अर्हत् सत्यतर्फको, सुखतर्फको, चैतन्यतर्फको, निर्वाणतर्फको, परिवर्तनकारी यात्रा हो । यो आश्रवक्षयको कथा पढेर पाठकहरू अवश्य पनि शान्तचित्त सुखालयमा अन्तः प्रविष्ट हुनेछन् ।
-रूपक अलङ्कार


The book is published by Shikha Books.
Published Date
01-09-2024
ISBN
9789937340144
Publisher
Book Genre