Pahelo Chhata-Nepali Expert
Rate this book:
 
         

Pahelo Chhata [पहेँलो छाता]

by Uday Prakash
Rating:
0.0 of 5
Be first to review
Pahelo Chhata [पहेँलो छाता] is a book written by Uday Prakash.

भनिन्छ, हरेक समाजले आफ्ना कथावाचकको उत्पादन आफैँ गर्छ । सायद, उदय प्रकाश भारतीय ग्रामीण समाजका कथा भन्नका लागि समयले छनोट गरेका कथावाचक हुन् । उनका पात्रहरू माटोबाट पैदा भएका मटमैला हुन्छन् । तर, तिनको सोच सिसाजस्तै चम्किलो हुन सक्छ । ती कुनै सिसमहलका चमकदार र बुट्टेदार चरित्र पनि हुन्छन् । तर, तिनको सोचमा दागैदागै लागेको हुन सक्छ । पात्र, परिस्थिति र घटनालाई यथार्थ र स्वैरकल्पनामा एकैपटक समानान्तर हिँडाउँदै लगेर तिनको जम्काभेट गराउने कलाले उदय प्रकाशलाई कथावाचनको उस्ताद बनाइदिएको छ । आफूले लेखेका उत्तर पढेर आफैँ दङ्ग पर्ने कुनै नौलो परीक्षार्थी जस्तो उनी पाठकलाई आफ्नो समयको हर्ष र बिस्मयको दोसाँधमा राखेर चमत्कृत बनाइरहन सक्छन् ।
पिली छतरी वाली लडकी यसकै उदाहरण हो । नेपालीमा उनका मोहनदास र नेलकटर पढेका वा हिन्दीमा उनका कथा, कविता, उपन्यास उपन्यासिका पढेका पाठकका लागि त मीनराज बसन्तद्वारा अनुदित पहेंलो छाता थप खुराक हुने नै छ, प्रथम पाठकका लागि लामो यात्राको पहिलो बिसौनीसमेत हुन सक्छ, जसले अझै हिँड्नका लागि ऊर्जा भर्ने काम गर्ने छ ।


The book is published by BN Pustak Sansar.
Published Date
01-09-2024
ISBN
9789937958462
Publisher
Book Genre