Rate this book:
 
         

Lori [लोरी]

by Khim KC
Rating:
0.0 of 5
Be first to review
Lori [लोरी] is a book written by Khim KC.

सुनले रंग फेर्दैन, त्यसैले बहुमूल्य हुन्छ । खिम त्यस्तै सुन हो । जीवनमा एउटा त्यस्तो साथी हुन्छ, जो बामे सर्ने बेलादेखि घाटसम्मै सँगै हुन्छ । खिम कहिल्यै नछुट्टिने त्यस्तै साथी हो ।
ऊ रंगमा मजस्तै कालो तर मनमा मभन्दा कैयन् अमूल्य सुन भएको साथी हो । म मायाले ‘धैंसे भन्छु, उसले मलाई कौवा भन्छ । असाध्यै छिटो बोल्छ । ऊ आफ्नो बोलीजस्तै वेगले प्रगतिको बाटोमा दौडिरहेको छ । उसको सक्रियता देखेर म बेलाबेला गम खान्छु ।
ऊ त्यस्तो सुन हो, जसको काँधमा समयको हतौडा बज्रियो र गहना भएर जन्मियो ।
मयुरको अन्डा सेतो या पहेंलो नै किन नहोस् तर ऊ सबै रंग लिएर जन्मिन्छ । खिम त्यस्तै सप्तरंगी मयुर हो ।
नेपालमा हुँदा कनिकुथी लेख्थ्यो। रहरले लेख्थ्यो। हुम्लाका डाँडाकाँडा घुमेका कुरा लेख्थ्यो । आमाको ममता लेख्थ्यो । लेख्दालेख्दै ऊ कवि भयो, गजलकार भयो, निबन्धकार भयो । कति गीत रेकर्ड भइसके । तैपनि ऊ त्यस्तै साधारण छ, जस्तो मसँग कक्षा १ मा पहिलोपटक भेट हुँदा थियो । कोही मान्छे कहिल्यै फेरिँदैनन्, सुन जस्तै ।
जीवनमा कहिल्यै ईर्ष्या नलाग्ने एकमात्र मेरो साथीको ‘लोरी’ वर्षौंवर्षसम्म गुन्जिरहोस् !


The book is published by BN Pustak Sansar.
Published Date
01-08-2024
ISBN
NA
Publisher
Book Genre