साथीले पढ्न अनुरोध गरेपछि आज यो किताब पढें । एउटी अवला नारीलाई कसरी अमेरिकामा नेपालीहरुले नै कानुनतः शोषण गर्छन भन्ने मूल कथावस्तुमा आधारित रहेछ यो उपन्यास । आफू विदेशमा भएर पनि होला कति कुराहरु त त्यति नयाँ लागेनन तर एक दुई ठाउँमा गहिरो गरी छोयो । जस्तो एउटी सौतेनी आमाले सौताको छोराछोरीलाई आफ्नै जसरी हुर्काउँदा पनि एउटै जस नपाउनु । यो धेरैजसो मानवजातीको स्वभाव नै हो । मेसो मिलाएर भनेकि छिन् लेखिकाले ।
तर सबैभन्दा चित्त नबुझेको कुरो भने यस्तो छ । कालखण्डमा ति छोराछोरी ठूला हुन्छन् तर यो किताबले कतैपनि ति छोराछोरीले पछि तारुलाई सम्झे कि सम्झेनन् भनेर कतै भनिएको छैन । बरु कतै उदृत नगरिएका बच्चाबच्चीहरु हेरिदिएको, हुर्काइदिएको भनेर ति बच्चाबच्चीहरुकी आमाले धन्यवाद दिएको भने दोहोर्याएर भनिएको छ ।
कतैकतै लेखिका अलिक मूल कथा भन्दाभन्दै हराएको हो कि जस्तो पनि भयो । तर कथाको अन्त्य भने राम्रोसँग गरेकि छिन् लेखिकाले । अर्की आइमाईलाई यो समाजले अर्की नै देख्छ भन्ने सत्यदेखि निरन्तर नजिक छिन् लेखिका । यो उनको सुझबुझपूर्ण दर्शना हुनुपर्छ ।