Galli Sansar-Nepali Expert
Rate this book:
 
         

Galli Sansar [गल्ली संसार]

by Roshan Sherchan
Rating:
0.0 of 5
Be first to review
Galli Sansar [गल्ली संसार] is a book written by Roshan Sherchan.

वन-पाठशालाबाट निस्किएका यायावार हुन्- रोशन शेरचन; जसले निर्जीव-अक्षरहरूलाई सजीव-निबन्ध बनाउँछन् |
कतै मानव-प्रकृतिको अन्तरसम्बन्ध, सहअस्तित्व र संरक्षणलाई साहित्यसँग जोड्दै रैथाने तथा आदिवासी बिरुवा र संस्कृतिको बखान गर्छन् भने कतै लेखनलाई आत्मसङ्घर्ष मान्दै आफूलाई प्रभाव पारेका पुस्तक र मनपर्ने लेखकबारे लेखेर मुक्त हुन्छन् । कतै सङ्गीतका सुरहरूमा स्वतन्त्रता र विश्वकलाको मानक खोज्ने शिल्पीहरूका लय, यति, गति र मात्राहरूलाई मापन गर्छन् भने कतै सङ्घर्ष, पीडा, भ्रम, ऐकान्तिकता, कोलाहल र आशाको गल्लीलाई 'गल्ली संसार' बनाउँछन् ।
निबन्धलाई कथा वाचनकै एक माध्यम मान्ने शेरचनले यथार्थवादी धार र अनौपचारिक भाषाशैलीमा यस सङ्ग्रहका निबन्धमा निबन्धीय-स्वर्णलेपन गरेका छन् ।
विषयवस्तुको विविधता, बौद्धिक–वैचारिकी, भाषिक-लालित्य र लेखकीय इमानदारीका निम्ति 'गल्ली संसार' निबन्धसङ्ग्रह सदा स्मरणीय रहनेछ |


The book is published by Book Hill.
Published Date
01-05-2024
ISBN
9789937753722
Publisher
Book Genre